गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु
गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी २५ वर्षीया सिता वि.क. जंगलमा घाँस काट्ने क्रममा हरियो प्रजातिको सर्पले टोकेपछि घाइते भएकी हुन्। उनलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको थियो।
अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कपिलवस्तुको गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।
यता, मुसिकोट नगरपालिका–३ टेगा निवासी ११ वर्षीय लुकबहादुर गन्धर्वको खोलामा डुबेर ज्यान गएको छ। प्रहरीका अनुसार लसाहस्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा उनी आइतबार दिउँसो करिब १२:१५ बजे अचानक डुबेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट थप प्रहरी परिचालन गरिएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग
मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...



