मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान

Main News Image
Mahir News add

काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन्द्वले अन्तर्राष्ट्रिय बजार प्रभावित भइरहेका बेला नेपालको अर्थतन्त्र भने सुधारको दिशामा अघि बढिरहेको सरकारी दाबी छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको हो ।

सर्वेक्षणअनुसार विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिए पनि नेपालको आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएको छ । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

प्रदेशगत विवरणमा बागमती र गण्डकी प्रदेशले राष्ट्रिय औसतभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने देखिएको छ । अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा कम रहने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको हिस्सा ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आर्थिक गतिविधिमा बागमती प्रदेशको प्रभाव अझै बलियो देखिँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने उल्लेख गरिएको छ ।

यद्यपि कृषि क्षेत्रमा चुनौती कायमै रहेको देखिएको छ । धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको तथ्यांकले कृषि उत्पादनमा अपेक्षित सुधार हुन नसकेको संकेत गरेको छ ।

राजस्व तथा सरकारी खर्चतर्फ फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने सरकारी खर्च १०.४ प्रतिशतले वृद्धि भएको छ । तर पुँजीगत खर्चको अवस्था भने सन्तोषजनक नरहेको सर्वेक्षणले औंल्याएको छ । सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो । चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

बाह्य क्षेत्रका सूचकहरू भने तुलनात्मक रूपमा सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि हुँदै १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ, जसले १८.५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको जनाइएको छ ।

तर व्यापार घाटा भने अझै अर्थतन्त्रको मुख्य चुनौती बनेको छ । चालू आर्थिक वर्षमा व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

यसैबीच, डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेख्य रूपमा विस्तार भएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको सर्वेक्षणमा उल्लेख छ ।

समग्रमा आर्थिक सर्वेक्षणले नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको र समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिए पनि उत्पादन वृद्धि, लगानी विस्तार तथा व्यापार सन्तुलन कायम गर्ने चुनौती अझै कायम रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।

 

Mahir News add

सम्बन्धित खबर

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...