अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन्द्वले अन्तर्राष्ट्रिय बजार प्रभावित भइरहेका बेला नेपालको अर्थतन्त्र भने सुधारको दिशामा अघि बढिरहेको सरकारी दाबी छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको हो ।
सर्वेक्षणअनुसार
विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिए पनि नेपालको
आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएको छ । चालू आर्थिक वर्षमा नेपालको
अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेशगत विवरणमा
बागमती र गण्डकी प्रदेशले राष्ट्रिय औसतभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने
देखिएको छ । अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा कम रहने अनुमान छ । कुल
गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको
हिस्सा ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आर्थिक गतिविधिमा बागमती प्रदेशको
प्रभाव अझै बलियो देखिँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने
उल्लेख गरिएको छ ।
यद्यपि कृषि
क्षेत्रमा चुनौती कायमै रहेको देखिएको छ । धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख
५ हजार मेट्रिक टनमा सीमित भएको तथ्यांकले कृषि उत्पादनमा अपेक्षित सुधार हुन
नसकेको संकेत गरेको छ ।
राजस्व तथा सरकारी
खर्चतर्फ फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने सरकारी खर्च १०.४
प्रतिशतले वृद्धि भएको छ । तर पुँजीगत खर्चको अवस्था भने सन्तोषजनक नरहेको
सर्वेक्षणले औंल्याएको छ । सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो । चालू
आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
बाह्य क्षेत्रका
सूचकहरू भने तुलनात्मक रूपमा सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले
वृद्धि हुँदै १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब
१४ अर्ब रुपैयाँ कायम भएको छ, जसले १८.५
महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको जनाइएको छ ।
तर व्यापार घाटा
भने अझै अर्थतन्त्रको मुख्य चुनौती बनेको छ । चालू आर्थिक वर्षमा व्यापार घाटा
११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
यसैबीच, डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेख्य रूपमा विस्तार
भएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको
सर्वेक्षणमा उल्लेख छ ।
समग्रमा आर्थिक
सर्वेक्षणले नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको र समष्टिगत आर्थिक सूचकहरूमा
सुधार देखिए पनि उत्पादन वृद्धि, लगानी विस्तार तथा
व्यापार सन्तुलन कायम गर्ने चुनौती अझै कायम रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय
कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...



