मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते

Main News Image
Mahir News add


बाजुरा । जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको भिरबाट लडेर मृत्यु भएको छ। वनमा घाँस काट्न गएका बेला उनी भिरबाट खसेका थिए। गम्भीर घाइते भएका दानीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्यसैगरी, बडीमालिका नगरपालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर ज्यान गएको छ। आमासँगै गाउँ नजिकैको वनमा घाँस काट्न गएकी उनी चिप्लिएर भिरबाट खसेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यता, बडीमालिका नगरपालिका–२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। दुर्घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडीमा भर्ना गरिएको छ। उनको अवस्था उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Mahir News add

सम्बन्धित खबर

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...

देशका विभिन्न जिल्लामा मेघगर्जनसहित वर्षा, खोपासीमा एक घण्टामै २५.८ मिमि पानी

काठमाडौं

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...

कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...