मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको समयमा आएको भीषण हावाहुरीका कारण विशेषगरी नेटा, दर्लिङ, अर्खबाङ, छापहिले, घमिर तथा मर्भुङको उपल्लो भेगका बस्तीहरू सबैभन्दा बढी प्रभावित बनेका हुन्स्थानीय जानकारीअनुसार करिब १५० घरधुरीका छाना उडेको छ भने करिब ६०० नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै परिवारको खाद्यान्न नष्ट हुनुका साथै खेतबारीमा लगाइएका बालीनालीमा समेत ठूलो क्षति पुगेको बताइएको छ। घरविहीन बनेका धेरै नागरिक अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

 हावाहुरीको असर जिल्लाका अन्य स्थानीय तहमा पनि परेको जनाइएको छ। इस्मा गाउँपालिका र मुसिकोट नगरपालिका मा समेत नागरिकका घरमा क्षति पुगेको स्थानीय स्रोतले जनाएको छ। यद्यपि सबैभन्दा बढी प्रभावित क्षेत्र मालिका गाउँपालिका रहेको बताइएको छ।

 स्थानीयवासीले पीडित परिवारलाई तत्काल राहत, खाद्यान्न, लत्ताकपडा तथा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा पुनर्स्थापनाको प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। प्रभावित नागरिकहरूले राज्य भएको अनुभूति गर्न सकून् भन्ने व्यवस्था यथाशीघ्र मिलाउन आग्रह गरेका छन्।

 यसैबीच, गोविन्द पन्थी ले आज संसदमा आकस्मिक समय लिएर हावाहुरीबाट प्रभावित नागरिकका लागि तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले विशेषगरी मालिका गाउँपालिकामा ठूलो क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो।

 सांसद पन्थीले संसदमा बोल्दै “भिजिट भिसा” प्रकरणमार्फत नेपाली महिलाहरू मानव तस्करीको जोखिममा परेको विषयमा पनि सरकार गम्भीर हुनुपर्ने  बताउनुभएको छ ।  उहाँले नेपाली महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर विदेश लैजाने कार्य बढ्दै गएको भन्दै मानव तस्करी नियन्त्रणका लागि कडा निगरानी र प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ।

Mahir News add

सम्बन्धित खबर

देशका विभिन्न जिल्लामा मेघगर्जनसहित वर्षा, खोपासीमा एक घण्टामै २५.८ मिमि पानी

काठमाडौं

३० वर्ष सेवा वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको तयारीमा सरकार

काठमाडौं । सरकारले निजामती सेवामा व्यापक सुधारको तयारीस्वरूप ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था ल्याउने गृहकार्य अघि बढाएको छ।

यसका लागि संघीय निजामती सेवा ऐन संशो...

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...

हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार रा...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...