अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन्द्वले अन्तर्राष्ट्रिय बजार प्रभावित भइरहेका बेला नेपालको अर्थतन्त्र भने सुधारको दिशामा अघि बढिरहेको सरकारी दाबी छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको हो ।
सर्वेक्षणअनुसार
विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिए पनि नेपालको
आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएको छ । चालू आर्थिक वर्षमा नेपालको
अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेशगत विवरणमा
बागमती र गण्डकी प्रदेशले राष्ट्रिय औसतभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने
देखिएको छ । अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा कम रहने अनुमान छ । कुल
गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको
हिस्सा ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आर्थिक गतिविधिमा बागमती प्रदेशको
प्रभाव अझै बलियो देखिँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने
उल्लेख गरिएको छ ।
यद्यपि कृषि
क्षेत्रमा चुनौती कायमै रहेको देखिएको छ । धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख
५ हजार मेट्रिक टनमा सीमित भएको तथ्यांकले कृषि उत्पादनमा अपेक्षित सुधार हुन
नसकेको संकेत गरेको छ ।
राजस्व तथा सरकारी
खर्चतर्फ फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने सरकारी खर्च १०.४
प्रतिशतले वृद्धि भएको छ । तर पुँजीगत खर्चको अवस्था भने सन्तोषजनक नरहेको
सर्वेक्षणले औंल्याएको छ । सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो । चालू
आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
बाह्य क्षेत्रका
सूचकहरू भने तुलनात्मक रूपमा सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले
वृद्धि हुँदै १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब
१४ अर्ब रुपैयाँ कायम भएको छ, जसले १८.५
महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको जनाइएको छ ।
तर व्यापार घाटा
भने अझै अर्थतन्त्रको मुख्य चुनौती बनेको छ । चालू आर्थिक वर्षमा व्यापार घाटा
११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
यसैबीच, डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेख्य रूपमा विस्तार
भएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको
सर्वेक्षणमा उल्लेख छ ।
समग्रमा आर्थिक
सर्वेक्षणले नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको र समष्टिगत आर्थिक सूचकहरूमा
सुधार देखिए पनि उत्पादन वृद्धि, लगानी विस्तार तथा
व्यापार सन्तुलन कायम गर्ने चुनौती अझै कायम रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने
गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा मासु, माछा, दू...
कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै
कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात



