मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

मनमैजुमा हात्तीको दाह्रासहित ५ जना पक्राउ, ट्रामाडोल पनि बरामद

Main News Image
Mahir News add

काठमाडौंको मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाण्डुका २५ वर्षीय राजिव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ, २७ वर्षीय आयुष महर्जन, २४ वर्षीय पुरन बोहरा र २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

प्रहरीका अनुसार राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई थान हात्तीका दाह्रा फेला परेको थियो। ती दाह्रा राष्ट्रपति कार्यालयबाट चोरी भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष पनि प्रहरीले सार्वजनिक गरेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति निवासमा तोडफोड र आगजनी भएको घटनासँग यो विषय जोडिएको बताइएको छ।

त्यस्तै, पक्राउ परेकाहरूको साथबाट लागुऔषध ट्रामाडोलका १५० ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

Mahir News add

सम्बन्धित खबर

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...

अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।