कृषि आधुनिकीकरण र किसान सम्मान आजको आवश्यकता : राष्ट्रपति रामचन्द्र पौडेल
रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई राष्ट्रको प्राथमिक एजेन्डा बनाउनुपर्ने बताएका छन्।
कृषि, वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले देशको
समृद्धि कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले किसानको मेहनत
र समर्पणले नै मुलुकको अर्थतन्त्रलाई बलियो बनाएको बताए।
राष्ट्रपति
पौडेलका अनुसार कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधार
हो। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकाससँगै कृषि पेसालाई थप मर्यादित र
आकर्षक बनाउनुपर्नेमा जोड दिए।
उनले कृषि
क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, उत्पादनको उचित बजारीकरण तथा युवाको सक्रिय सहभागिता आवश्यक
रहेको बताए। राज्य, निजी क्षेत्र र सरोकारवाला निकायबीच
सहकार्य भए कृषि क्षेत्रलाई रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार बनाउन सकिने
उनको भनाइ थियो।
युवाशक्तिको ऊर्जा
र आधुनिक प्रविधिको उपयोगमार्फत कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने
उल्लेख गर्दै उनले कृषकको सम्मान, कृषि पेसाको
संरक्षण र आधुनिकीकरणलाई समयको अपरिहार्य आवश्यकता भएको बताए।
कार्यक्रममा
उत्कृष्ट कृषकहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति
पौडेलले कृषकहरू राष्ट्रका सच्चा संवाहक भएको धारणा राखे।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेस बैठकः महाधिवेशनको मितिका विषयमा नेताहरुको अडान कायमै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी महाधिवेशनको मितिमा विषयमा आ(आफ्नो अडान कायमै राखेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वा...
एमालेले चुनावको तयारी पनि गर्छ, संसद् पुनः स्थापनाको मुद्दा पनि अघि बढाउँछ : ज्ञवाली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनः स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् । यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा...
जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन
काठमाडौँ । जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ । उनले जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेनजी आन्द...
राजनीतिक गतिविधि तीव्र बनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा लोकतान्त्रिक...
प्रचण्डसँग छलफल गर्न लागेका खनालको खुलासा : ओलीसँग कुरा मिलेन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुरा नमिलेको खुलासा गरेका छन् । मंगलबार साँझ ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका खनालले ओलीसँग ‘छिनाफानो’ भएक...
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता सहमतिपछि भेट भएको छ । नेपाललाई भेट्न माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्...



