सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार के.सी.लाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि बैंकमा नायब
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका केसीसँग कार्यकारी तहमा सात
वर्षभन्दा बढी अनुभव रहेको छ। साथै, उनले दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा काम गरिसकेका छन्।
चार्टर्ड
एकाउन्टेण्टसमेत रहेका केसीलाई बैंकिङ व्यवस्थापन, वित्तीय योजना तथा संस्थागत नेतृत्वमा दक्ष व्यक्तिका रूपमा चिनिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब
काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...
प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते
काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।
काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...



