जिप दुर्घटनामा पर्वतका वडासदस्य पौडेलको ज्यान गयो
पर्वत । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जना वडासदस्यको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला
प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार वडा
कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा
अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा
कुश्मा–१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेल गम्भीर घाइते भएका थिए। उनको टाउको
तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। तत्काल उपचारका लागि पोखरा लगिए पनि
अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त
दुर्घटनामा जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल पनि
घाइते भएका छन्। दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ।
प्रहरीले
दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न
खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन
उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं–
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...



