मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर

Main News Image
Mahir News add

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज बीच हुनेछ भने दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स बीच हुने छ ।

अङ्क तालिकामा चितवन चार अङ्कका साथ तेस्रो स्थानमा छ भने काठमाडौँले खेलेका खेलमा दुई अङ्क मात्र बटुलेको छ । यस्तै तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा विराटनगरको प्लेअफको यात्रा सहज हुनेछ ।

 

Mahir News add

सम्बन्धित खबर

तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण

काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...

एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित

काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलको छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२.२ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उ...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...