अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको जीप दुर्घटनाले दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुर हेटौंडाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा सुर्खेत प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेका अन्य तीन जनाको उपचार भइरहेको छ। घाइतेमध्ये चालकसहित दुई जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँका विभिन्न स्थानबाट नाबालिकामाथि यौनशोषणमा संलग्न ५ जना पक्राउ
काठमाडौँ— नाबालिकालाई जबर्जस्ती यौनशोषणको कार्यमा लगाउने कसुरमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथ...
तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएक...
कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय
कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...
सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन
नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...



