तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
इलाका प्रहरी
कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार लमही
नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज
नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।
आज बिहान करिब ६
बजे तुलसीपुरको गुल्म चोकमा रा१ख २१९२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै
गरेको रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते
भएका मनोज र मीनराजलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल कोहलपुर लगिएकोमा
उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर
मनोजकी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन्। उनको सोही अस्पतालमा
उपचार भइरहेको छ।
प्रहरीले
दुर्घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि
बढाएको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...
ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...
पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित सं...
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्यो
गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...
अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन
पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...



