मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो

Main News Image
Mahir News add

दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।

आज बिहान करिब ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख २१९२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मनोज र मीनराजलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल कोहलपुर लगिएकोमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर मनोजकी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Mahir News add

सम्बन्धित खबर

महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा ए...

पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...

कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...