लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि सैद्धान्तिक बहस सुरु
लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथि व्यापक बहस हुने कार्यसूची तय गरिएको छ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछन्। छलफलका क्रममा उठेका जिज्ञासा तथा प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यक्रम रहेको छ।
यसैबीच, मन्त्री कार्कीले आगामी आर्थिक वर्षका सेवा तथा कार्यक्रम सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट खर्च तथा विनियोजन गर्ने व्यवस्था सम्बन्धी विधेयक पनि सभामा पेश गर्नेछन्।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथिको यो प्रारम्भिक बहसले आगामी वर्षका विकास योजना, प्राथमिकता र आर्थिक नीतिबारे प्रदेशसभामा विस्तृत छलफलको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबारबाट प्रारम्भ भएको बैठकम...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति
काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उन...
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी अस्थायी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघि...
अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन्...


