मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन
भेरीगङ्गा । सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो । तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिए ।
मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाइ छ । ‘आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको सुरुका दिनमा पाँचरसातजना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो’, उनले भने,’ अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २५० जनासम्म नयाँ मतदाता थपिएका छन्। चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ।’
उनकाअनुसार आजसम्म सुर्खेत जिल्लामा मात्रै एक हजार ७०० नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ। गत चैतसम्मको अद्यावधिक विवरणअनुसार सुर्खेतमा पुरुष मतदाता एक लाख १९ हजार ३८९ छन् भने महिला मतदाता एक लाख २५ हजार २८५ जना गरी जम्मा दुई लाख ४४ हजार ६७४ जना रहेका छन् । कर्णालीभर नौ लाख आठ हजार ४३३ जना मतदाता रहेका छन्। अब नयाँ मतदाता थपिएसँगै करिब दश लाख मतदाता पुग्ने आँकलन गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेसभित्र महाधिवेशन बहस : संस्थापन समूह नै विभाजित
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ । महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन् । केन्द्रीय समिति बैठकको अघिल्ल...
प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष...
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर...
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँ । आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका...
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।
राजनीतिक गतिविधि तीव्र बनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा लोकतान्त्रिक...



