मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिमा केन्द्रित गर्न रवि लामिछानेको प्रस्ताव

Main News Image
Mahir News add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक बहसभन्दा माथि उठाएर विकास, समृद्धि र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा लामिछानेले नेपालमा शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात भएको उल्लेख गर्दै त्यसलाई ‘मतपेटिकाको क्रान्ति’को संज्ञा दिएका छन्। उनले रास्वपाको उदयलाई नेपालको बदलिँदो राजनीतिक वास्तविकताको संकेतका रूपमा व्याख्या गरेका छन्।

गैर–परम्परागत पृष्ठभूमिबाट आएका व्यक्तिहरूले स्थापना गरेको राजनीतिक दलले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाउनु कुनै सामान्य घटना होइन,’ उनले लेखमा उल्लेख गरेका छन्। नेपालमा भइरहेको राजनीतिक परिवर्तन र देशको भावी दिशाबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ।

लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई केवल इतिहास, संस्कृति र धार्मिक निकटतामा सीमित नराखी आर्थिक विकास, पूर्वाधार निर्माण, ऊर्जा, प्रविधि तथा व्यापारिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले द्विपक्षीय सम्बन्धमा देखिने विवाद र संवेदनशील विषयहरूलाई उग्र राष्ट्रवादभन्दा तथ्य, संवाद र कूटनीतिक समझदारीका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। स्थिर, समृद्ध र आर्थिक रूपमा सबल नेपाल भारतको उत्तरी सीमाको सुरक्षा तथा क्षेत्रीय स्थायित्वका लागि समेत महत्वपूर्ण हुने उनको तर्क छ।

लेखमा लामिछानेले सन् २०२६ लाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा चित्रण गरेका छन्। उनले साझा हित, आर्थिक समृद्धि र आपसी विश्वासलाई केन्द्रमा राखेर दुवै देशले सहकार्यलाई नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।

साथै, उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा गरेको सम्बोधन स्मरण गर्दै दुई देशबीचको विश्वास, सहकार्य र साझेदारीलाई पुनः मजबुत बनाउने समय आएको उल्लेख गरेका छन्।

 

Mahir News add

सम्बन्धित खबर

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्।

सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले उनलाई विश्वासको मत दिएका छन्। सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख‍ प्...

दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटासहितका सामाजिक सञ्जालहरू पुनः बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनल...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वपाले सातवटै प्रदेशमा प्राप्त नामावली फेसबुक पेजमार्फत् सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीअन...

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट खारेज

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भ...

माओवादीका नेताहरूको ठगी, मिटरब्याज र अवैध लगानीले स्वर्गद्वारी सहकारी संकटमा !

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगानीका कारण गम्भीर संकटमा परेको छ । तत्कालीन माओवादी केन्द्रका काभ्रेका संयोजक हाल नेपाली कम्युनिष्ट पा...

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७-२९ मा बस्ने

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौँमा भएको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठकको मिति प्रस्ताव गरेका हुन् । उनले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठ...