नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिमा केन्द्रित गर्न रवि लामिछानेको प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक बहसभन्दा माथि उठाएर विकास, समृद्धि र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
भारतीय दैनिक
हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा लामिछानेले नेपालमा शान्तिपूर्ण र
लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात भएको उल्लेख गर्दै
त्यसलाई ‘मतपेटिकाको क्रान्ति’को संज्ञा दिएका छन्। उनले रास्वपाको उदयलाई नेपालको
बदलिँदो राजनीतिक वास्तविकताको संकेतका रूपमा व्याख्या गरेका छन्।
‘गैर–परम्परागत पृष्ठभूमिबाट आएका
व्यक्तिहरूले स्थापना गरेको राजनीतिक दलले छोटो समयमै राष्ट्रिय राजनीतिमा
प्रभावशाली उपस्थिति बनाउनु कुनै सामान्य घटना होइन,’ उनले लेखमा उल्लेख गरेका छन्। नेपालमा भइरहेको राजनीतिक परिवर्तन र देशको भावी
दिशाबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ।
लामिछानेले नेपाल
र भारतबीचको सम्बन्धलाई केवल इतिहास, संस्कृति र धार्मिक निकटतामा सीमित नराखी आर्थिक विकास, पूर्वाधार निर्माण, ऊर्जा, प्रविधि तथा व्यापारिक साझेदारीमार्फत थप
सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले द्विपक्षीय
सम्बन्धमा देखिने विवाद र संवेदनशील विषयहरूलाई उग्र राष्ट्रवादभन्दा तथ्य, संवाद र कूटनीतिक समझदारीका आधारमा समाधान गर्नुपर्नेमा जोड
दिएका छन्। स्थिर, समृद्ध र आर्थिक रूपमा सबल नेपाल भारतको
उत्तरी सीमाको सुरक्षा तथा क्षेत्रीय स्थायित्वका लागि समेत महत्वपूर्ण हुने उनको
तर्क छ।
लेखमा लामिछानेले
सन् २०२६ लाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा चित्रण
गरेका छन्। उनले साझा हित, आर्थिक समृद्धि र आपसी विश्वासलाई
केन्द्रमा राखेर दुवै देशले सहकार्यलाई नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।
साथै, उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले
नेपालको संसदमा गरेको सम्बोधन स्मरण गर्दै दुई देशबीचको विश्वास, सहकार्य र साझेदारीलाई पुनः मजबुत बनाउने समय आएको उल्लेख
गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...
नेपालका कारण आफ्नो देशमा खतरा रहेको भन्दै भारतले उठायो प्रश्न
काठमाडौँ । नेपालमा जेन-जी आन्दोलनपछि सुरक्षा व्यवस्थालाई लिएर भारत सरकारले प्रश्न उठाएको छ। जेन(जी आन्दोलनको क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले प्रश्न उठाएको हो।...
विद्याको समर्थनमा ओलीसँग प्यानलसहित भिड्दै ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा तयारी तीब्र बनाइएको छ । महाधिवेशनको तयारीसँगै नेतृत्वको लागि पनि नेताहरूबीच आन्तरिक यो...
पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्...
तोकिएको मितिमा चुनाव नभए प्रतिनिधिसभा पुन: स्थापना हुनुपर्छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अन्तरिम सरकारले समयमै निर्वाचन गराएर नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुन स्थापना गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन ढिलाइ हुँदा संवैधानिक अन्यौल बढ्ने भन्दै त्यसबाट जोगिन वै...
पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चि...



