मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।

वीरेन्द्रनगरस्थित सिटी बसपार्क आसपासको क्षेत्रमा भएको भनिएको घटनामा डाले डोकोमा काफल बोकेर हिँडिरहेकी महिलालाई नगर प्रहरीले रोकेको थियो। प्रत्यक्षदर्शीले खिचेको दृश्यमा महिलाले बोकेको डोको नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा काफल सडकमा छरिएको देखिन्छ। महिलाले काफल जोगाउने प्रयास गरे पनि प्रहरीको हस्तक्षेपपछि उनका सबै काफल भुइँमा पोखिएका थिए।

घटनापछि महिलालाई भावुक अवस्थामा देख्न सकिन्छ भने नगर प्रहरी त्यहाँबाट फर्किएको दृश्य पनि सार्वजनिक भएको छ। ती महिलाको पहिचान भने खुल्न सकेको छैन।

काफल पहाडी क्षेत्रमा पाइने मौसमी जङ्गली फल हो। वर्षेनी यसको सिजनमा स्थानीय बासिन्दाले जंगलबाट संकलन गरेर बजारमा बिक्री गर्दै जीविकोपार्जन गर्ने गर्छन्। यही क्रममा सडकमा काफल बेचिरहेकी महिलामाथि भएको व्यवहारप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन्।

वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति प्रतिक्रिया जनाउँदै गरिब नागरिकलाई बाँच्न दिनुपर्ने बताएका छन्।

सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले पनि कमजोर आर्थिक अवस्थाका नागरिकमाथि यस्तो व्यवहार हुनु दुःखद भएको टिप्पणी गरेका छन्। उनले शहर व्यवस्थापनका अन्य समस्या समाधानतर्फ पर्याप्त ध्यान नदिई सडक किनारमा फलफूल बेच्नेहरूमाथि कडाइ गर्नु उपयुक्त नभएको बताए।

घटनापछि नगर प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका छन् भने स्थानीयवासी, व्यवसायी तथा विभिन्न सरोकारवालाले मानवीय व्यवहार अपनाउन आग्रह गरेका छन्।

 

Mahir News add

सम्बन्धित खबर

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...

सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...