काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश
सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।
वीरेन्द्रनगरस्थित
सिटी बसपार्क आसपासको क्षेत्रमा भएको भनिएको घटनामा डाले डोकोमा काफल बोकेर
हिँडिरहेकी महिलालाई नगर प्रहरीले रोकेको थियो। प्रत्यक्षदर्शीले खिचेको दृश्यमा
महिलाले बोकेको डोको नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा काफल सडकमा छरिएको देखिन्छ।
महिलाले काफल जोगाउने प्रयास गरे पनि प्रहरीको हस्तक्षेपपछि उनका सबै काफल भुइँमा
पोखिएका थिए।
घटनापछि महिलालाई
भावुक अवस्थामा देख्न सकिन्छ भने नगर प्रहरी त्यहाँबाट फर्किएको दृश्य पनि
सार्वजनिक भएको छ। ती महिलाको पहिचान भने खुल्न सकेको छैन।
काफल पहाडी क्षेत्रमा
पाइने मौसमी जङ्गली फल हो। वर्षेनी यसको सिजनमा स्थानीय बासिन्दाले जंगलबाट संकलन
गरेर बजारमा बिक्री गर्दै जीविकोपार्जन गर्ने गर्छन्। यही क्रममा सडकमा काफल
बेचिरहेकी महिलामाथि भएको व्यवहारप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन्।
वीरेन्द्रनगर
नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति
प्रतिक्रिया जनाउँदै गरिब नागरिकलाई बाँच्न दिनुपर्ने बताएका छन्।
सुर्खेत चेम्बर अफ
कमर्सका अध्यक्ष चिन्तामणि शर्माले पनि कमजोर आर्थिक अवस्थाका नागरिकमाथि यस्तो
व्यवहार हुनु दुःखद भएको टिप्पणी गरेका छन्। उनले शहर व्यवस्थापनका अन्य समस्या
समाधानतर्फ पर्याप्त ध्यान नदिई सडक किनारमा फलफूल बेच्नेहरूमाथि कडाइ गर्नु
उपयुक्त नभएको बताए।
घटनापछि नगर
प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका छन् भने स्थानीयवासी, व्यवसायी तथा विभिन्न सरोकारवालाले मानवीय व्यवहार अपनाउन
आग्रह गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...
महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा
खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...
मालपोत कार्यालय भैरहवाका नासु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत न...



