विद्युतीय युगतर्फ तत्काल फड्को सम्भव छैन, पूर्वाधार सुदृढीकरण आवश्यक : प्रधानमन्त्री शाह
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले हालको विद्युत् पूर्वाधारको सीमित क्षमताका कारण नेपाललाई तत्काल पूर्ण रूपमा विद्युतीय युगमा रूपान्तरण गर्न नसकिने बताएका छन्।
आइतबार प्रतिनिधिसभा
बैठकमा सम्बोधन गर्दै उनले देशभर एकैपटक विद्युतीय चुल्हो तथा इन्डक्सन प्रयोग गरी
खाना पकाउने अवस्था आएमा विद्यमान ट्रान्सफर्मर र सब-स्टेशनहरूले अतिरिक्त भार
धान्न नसक्ने बताए। उनका अनुसार विद्युत् वितरण प्रणालीको क्षमता विस्तार नगरी
व्यापक विद्युतीय प्रयोगलाई प्रोत्साहन गर्दा प्राविधिक समस्या उत्पन्न हुन सक्छ।
प्रधानमन्त्री शाहले
नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार विस्तार तथा क्षमता अभिवृद्धिका लागि ठूलो
लगानी आवश्यक रहेको उल्लेख गरे। यही उद्देश्यलाई ध्यानमा राख्दै आगामी आर्थिक
वर्षको बजेटमार्फत विद्युत् क्षेत्रमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)
लगाइएको उनको भनाइ थियो।
उनले उक्त करबाट
संकलित रकम विद्युत् प्रणालीको स्तरोन्नतिमा खर्च गरिने स्पष्ट पार्दै
ट्रान्सफर्मर अपग्रेड, सब-स्टेशन विस्तार
तथा विद्युत् प्रसारण र वितरण लाइनका तारहरूको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता
औंल्याए।
प्रधानमन्त्री शाहले
बलियो र भरपर्दो विद्युत् पूर्वाधार निर्माणपछि मात्रै देशलाई दिगो रूपमा
विद्युतीय युगतर्फ अघि बढाउन सकिने धारणा व्यक्त गरे।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता,...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
काठमाडौँ । आज दिनको २ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार उक्त बैठक स्थगित गरी अब सोमबार दिउँसो २ बजे का लागि बोला...
रवि र बालेन छलफल : रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन् । उनले आफ्नो निर्वाचने क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने भदौ २३ र २४ गतेको घटनामा घाइते भएका परिवारका सदस्यसँग समेत भे...
राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी,...
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रद...
यी हुन् एमाले महाधिवेशनमा मत नहाल्ने ३६ महाधिवेशन प्रतिनिधि
काठमाडौँ । बिहीबार बिहान सकिएको नेकपा एमालेको निर्वाचनमा ३६ मतदाताले मत दिएनन् । जारी एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको...



