पार्टीको केन्द्रीय कमिटी सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्। शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र गर्ने भन्दै एमालेले त्यो काम गरेर देखाएको बताए ।
पार्टीको केन्द्रीय कमिटीको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको उनको भनाइ छ। उनले भने, ‘नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा गर्छन् । हस्तान्तरण पुस्तान्तरणका कुरा गर्छन्। अरुले हामी कामबाट देखाउछौं। हामीले देखाएका पनि छौं। हामीभित्र यस्तो सन्तुलनकारी केन्द्रीय कमिटी छ । नयाँ पुस्ता पनि भरपूर छ, महिलाहरूको राम्रो सहभागिता छ। यत्रो पार्टीको केन्द्रीय कमिटीको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन ।’
यस्तै, उनले देश जटिल अवस्थालाई सजिलो अवस्थामा पुर्याउने अभिभारा पार्टीको काँधमा रहेको भन्दै नेकपा एमाले बाहेक यो काम कसैले गर्न नसक्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
गुलाफको फूल चुनाव चिह्न लिएर विप्लवले दर्ता गरे नेकपा माओवादी
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको स...
सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल...
नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिमा केन्द्रित गर्न रवि लामिछानेको प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मा...
एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका...
रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वपाले सातवटै प्रदेशमा प्राप्त नामावली फेसबुक पेजमार्फत् सार्वजनिक गरेको हो ।
सार्वजनिक नामावलीअन...



