मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

बजेटअघि लुम्बिनी सरकारमा फेरबदल, एमालेका चार मन्त्री बाहिरिँदै

Main News Image
Mahir News add

बुटवल । लुम्बिनी प्रदेश सरकारमा बजेट प्रस्तुतिको तयारी चलिरहेका बेला मन्त्रिपरिषद्मा महत्वपूर्ण फेरबदल सुरु भएको छ। नेकपा एमालेको कोटाबाट सरकारमा रहेका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने उनीहरूको स्थानमा नयाँ अनुहार ल्याउने तयारी गरिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार पार्टीको निर्णयअनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई पद छाड्न भनिएको हो। उनले सरकारलाई थप प्रभावकारी बनाउन र नयाँ नेतृत्वलाई अवसर दिन मन्त्री परिवर्तन गरिएको बताए।

केही सातादेखि प्रदेश सरकार पुनर्गठनको चर्चा चल्दै आएको थियो। विशेषगरी नेपाली कांग्रेसले पूर्वसहमति कार्यान्वयन गर्दै मुख्यमन्त्रीसहित सरकारको समग्र पुनर्गठन हुनुपर्ने धारणा राखेपछि मन्त्री हेरफेरको प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।

यद्यपि अहिले एमालेले आफ्नो भागमा रहेका मन्त्रालयमा नयाँ प्रतिनिधि पठाउने निर्णय गरेसँगै मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढेको हो। बुधबार नै नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी भए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेशबाहिर रहेकाले शपथ कार्यक्रम केही दिन पर सरेको छ। सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ कम्तीमा दुई दिनपछि हुनेछ।

सरकारले भने मन्त्रिपरिषद्को परिवर्तनले आगामी आर्थिक वर्षको बजेट निर्माण र प्रस्तुतीकरणमा कुनै असर नपर्ने स्पष्ट पारेको छ। बजेट तयारीको काम नियमित रूपमा अघि बढिरहेको जनाइएको छ।

यसबीच प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय समेत गरिसकेको छ। एमाले–कांग्रेसबीच भएको समझदारीअनुसार मन्त्रालयको भागबण्डा भने यथावत् रहने बताइएको छ।

नयाँ मन्त्रीका रूपमा एमालेले गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई अघि सारेको स्रोतले जनाएको छ। रत्न खत्री यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने अन्य तीन जनाले पहिलोपटक मन्त्री बन्ने अवसर पाउने सम्भावना छ।

पार्टीले यसपटक लामो समयदेखि अवसरको प्रतीक्षामा रहेका तथा पुनः निर्वाचित प्रदेशसभा सदस्यहरूलाई प्राथमिकता दिएको बताइएको छ।

 

Mahir News add

सम्बन्धित खबर

एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका...

सर्वपक्षीय सरकार गठनका लागि दवाव दिन सडक संघर्ष गर्ने विप्लवको चेतावनी

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दवाव दिन सडक संघर्ष गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै बिप्लवले वर्तमा...

मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रविरुद्ध अघि बढ्यौँ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन् । शनिबार भक्तपुरमा शुरू भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३...

राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा’ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मंसिर ५ मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रद...

अब विदेशबाटै भोट हाल्न पाइने, मतपत्रमा नो भोटको विकल्प

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न र अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउन चारवटा प्रमुख निर्वाचन ऐनहरू संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा सहसचिव...

आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेले आज देशका सबै जिल्लामा जनप्रदर्शन गर्दै छ । सबै जिल्लाका सदरमुकाम वा ठूला सहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएक...