बजेटअघि लुम्बिनी सरकारमा फेरबदल, एमालेका चार मन्त्री बाहिरिँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारमा बजेट प्रस्तुतिको तयारी चलिरहेका बेला मन्त्रिपरिषद्मा महत्वपूर्ण फेरबदल सुरु भएको छ। नेकपा एमालेको कोटाबाट सरकारमा रहेका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने उनीहरूको स्थानमा नयाँ अनुहार ल्याउने तयारी गरिएको छ।
मुख्यमन्त्री
चेतनारायण आचार्यका अनुसार पार्टीको निर्णयअनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई पद छाड्न भनिएको हो। उनले सरकारलाई थप
प्रभावकारी बनाउन र नयाँ नेतृत्वलाई अवसर दिन मन्त्री परिवर्तन गरिएको बताए।
केही सातादेखि
प्रदेश सरकार पुनर्गठनको चर्चा चल्दै आएको थियो। विशेषगरी नेपाली कांग्रेसले
पूर्वसहमति कार्यान्वयन गर्दै मुख्यमन्त्रीसहित सरकारको समग्र पुनर्गठन हुनुपर्ने
धारणा राखेपछि मन्त्री हेरफेरको प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।
यद्यपि अहिले
एमालेले आफ्नो भागमा रहेका मन्त्रालयमा नयाँ प्रतिनिधि पठाउने निर्णय गरेसँगै
मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढेको हो। बुधबार नै नयाँ मन्त्रीहरू
नियुक्त गर्ने तयारी भए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेशबाहिर
रहेकाले शपथ कार्यक्रम केही दिन पर सरेको छ। सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको
नियुक्ति र शपथ कम्तीमा दुई दिनपछि हुनेछ।
सरकारले भने
मन्त्रिपरिषद्को परिवर्तनले आगामी आर्थिक वर्षको बजेट निर्माण र प्रस्तुतीकरणमा
कुनै असर नपर्ने स्पष्ट पारेको छ। बजेट तयारीको काम नियमित रूपमा अघि बढिरहेको
जनाइएको छ।
यसबीच प्रदेश सरकारले
आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय समेत
गरिसकेको छ। एमाले–कांग्रेसबीच भएको समझदारीअनुसार मन्त्रालयको भागबण्डा भने
यथावत् रहने बताइएको छ।
नयाँ मन्त्रीका
रूपमा एमालेले गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका
तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई अघि सारेको स्रोतले जनाएको छ। रत्न
खत्री यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने अन्य तीन जनाले
पहिलोपटक मन्त्री बन्ने अवसर पाउने सम्भावना छ।
पार्टीले यसपटक
लामो समयदेखि अवसरको प्रतीक्षामा रहेका तथा पुनः निर्वाचित प्रदेशसभा सदस्यहरूलाई
प्राथमिकता दिएको बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् । सोमब...
राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा’ अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मंसिर ५ मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रद...
प्रहरीमा जाहेरी दिँदै सर्वोच्च अदालत, आगजनीमा प्रयोग भएका रसायनको फरेन्सिक जाँच गरिने
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । स्रोतका अनुसार अदालत प्रशासनले फरेन्सिक परीक्षणपछि मात्रै फोहोर सफा...
सञ्चारमन्त्रीद्वारा गोंगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्ण...
फागुन २१ को चुनावमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१...
कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...



