खाद्यान्न आयात घट्दा वीरगन्ज नाकाको कारोबार खुम्चियो
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु २० अर्ब ७९ करोड बराबरको खाद्यान्न आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले कम हो।
वीरगन्ज भन्सार
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको १० महिनामा यस
नाकाबाट रु २४ अर्ब ६६ करोड मूल्यका १६ प्रकारका खाद्यान्न आयात भएका थिए। चालु
आर्थिक वर्षमा भने खाद्यान्न आयातको मूल्यमा उल्लेख्य गिरावट आएको छ, जसको असर भन्सार कारोबारमा पनि परेको देखिएको छ।
तथ्याङ्कअनुसार चालु
आवमा रु १० अर्ब ९४ करोड मूल्यको धान आयात भएको छ भने रु पाँच अर्ब ३१ करोड
बराबरको मकै र रु दुई अर्ब ८५ करोड मूल्यको चामल भित्रिएको छ।
यसैगरी रु ५९ करोड
मूल्यको माल्ट तथा रु ३३ करोड बराबरको फापर,
कोदो
र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।
खाद्यान्न आयातमा
आएको कमीले वीरगन्ज नाकाको समग्र कारोबारमा समेत संकुचन देखिएको छ। यद्यपि धान, मकै र चामलजस्ता मुख्य खाद्यान्नको आयात भने अझै उच्च मात्रामै
रहेको भन्सारको तथ्याङ्कले देखाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
कैलाली । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपल...
फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन्...
आज सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १११ कम्पनीको सेयर मूल्य बढ्दा...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पुनः सुरु, राष्ट्र बैंकद्वारा १० अर्ब ५८ करोड भुक्तानी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० वटा बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत १० अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै रोकिएको अनुदान एक वर्षपछि सरक...
सोमबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो ए...



