हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार राति आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। असिना र भारी वर्षासहित आएको बाढीले स्थानीयवासीका गोठ, विद्यालय भवन तथा खेतीयोग्य जमिनमा व्यापक असर गरेको स्थानीयले बताएका छन्।
स्थानीय
छक्कबहादुर तामाङका अनुसार बाढीले डाँफे आधारभूत विद्यालयका भवनमा क्षति पुर्याउनुका
साथै करिब १५ रोपनी खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट गरेको छ। वडा नम्बर ५ का
वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पहिरोले पुरिँदा ठूलो
संख्यामा भेँडा–बाख्रा क्षति भएका छन्।
वडाध्यक्ष तामाङका
अनुसार पहिरोले विद्यालयका तीन वटा भवन भत्काएको छ भने धनसिंह तामाङको बाख्रागोठ
बगाउँदा ९३ वटा बाख्रा हराएका छन्। त्यस्तै, करिब ७० घरधुरीले लगाएको अन्नबाली पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।
बाढीले खानेपानी
आयोजनामा समेत क्षति पुर्याएको छ। ८ हजार घनमिटर क्षमताको पानी ट्यांकी र करिब ७
मिटर पाइप बगाएको स्थानीयले बताएका छन्। साथै, कादुरी संस्थाले निर्माण गरेको माइक्रोहाइड्रो आयोजनाको मुहान पनि बाढीले
बगाएको छ।
डाँफे आधारभूत
विद्यालय का प्रधानाध्यापक बलि तामाङका अनुसार विद्यालयको पाँच कोठे भवन पूर्ण रूपमा
भत्किँदा कम्प्युटर, प्रिन्टर लगायतका शैक्षिक सामग्री नष्ट
भएका छन्।
घटनापछि प्रमुख
जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा बुधबार अनुगमन टोली प्रभावित
क्षेत्रमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर
खड्काका अनुसार सदरमुकाम सिमकोटबाट फिस्टेल हेलिकोप्टरमार्फत नेप्का पुगेर स्थलगत
निरीक्षण गरिएको हो। अनुगमनका क्रममा बाढी–पहिरोले स्थानीयको जीविकोपार्जनमै
गम्भीर असर पारेको देखिएको उनले बताए।
प्रहरी मुचुल्का
टोलीसमेत दुर्गम भूगोलका कारण घटनास्थल पुग्न करिब ६ घण्टा लागेको बताइएको छ।
गाउँपालिका केन्द्र पिप्लाङभन्दा टाढा रहेको नेप्का गाउँ पुग्न अझै पनि लामो पैदल
यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी के...
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...



