पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ। बिहीबार महानगरले सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट तथा ट्रेड युनियन कांग्रेसलगायत विभिन्न संघसंस्थाका भवन भत्काउन सुरु गरेको हो।
पृथ्वीचोकको मूल
सडक हुँदै हङकङ बजारबाट नयाँबजार निस्कने सडक आसपासका अवैध संरचना हटाउने
निर्णयपछि व्यवसायीहरूले धमाधम सटर खाली गरेका थिए। महानगरका अनुसार पोखरा बसपार्क
निर्माणका लागि २०३२ सालमै अधिग्रहण गरिएको सरकारी जग्गा विभिन्न व्यक्ति तथा
संस्थाले अतिक्रमण गरेपछि हटाउने अभियान अघि बढाइएको हो।
पोखरा उपत्यका नगर
विकास समितिको स्वामित्वमा रहेको अर्बौं मूल्य बराबरको सार्वजनिक जग्गा वर्षौंदेखि
राजनीतिक दल, भातृ संगठन, व्यापारिक समूह र सुकुम्बासीद्वारा अतिक्रमणमा परेको
बताइएको छ। यसअघि समितिले ३५ दिने सूचना जारी गर्दै अनुमति बिना बनाइएका सबै
संरचना आफैं हटाउन निर्देशन दिएको थियो।
पोखरा
महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीका अनुसार सूचनापछि केही संरचना
खाली गरिए पनि बाँकी हटाउन डोजर प्रयोग गरिएको हो। महानगरपालिकाले आगामी दिनमा पनि
विभिन्न वडामा रहेका अवैध तथा अव्यवस्थित संरचनामाथि क्रमशः कारबाही जारी रहने
जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...
प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)
काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...



