मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सुर्खेतमा टिपरको ठक्करबाट २३ वर्षीय युवाको मृत्यु, चालक पक्राउ

Main News Image
Mahir News add

 सुर्खेत सुर्खेतको कालपानीस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट एक पैदलयात्रीले अकालमै ज्यान गुमाएका छन्। गएराति भएको यस दुखद दुर्घटनामा परी भेरीगंगा नगरपालिका–२ निवासी २३ वर्षीय कमल वलीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले बाटोमा हिँडिरहेका वलीलाई ठक्कर दिएको थियो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनलाई बुबा दलबहादुर वलीले उद्धार गरी उपचारका लागि तत्कालै कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटना गराउने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ। वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय चालक मानबहादुर चौधरीलाई सत्तरीबाटै पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Mahir News add

सम्बन्धित खबर

विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन

हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...

टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै

कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...